Review program of 100 days tenure of the newly elected Marin government

 


मरिण गाउँपालिकामा आयोजित 'नवनिर्वाचित मरिण सरकारको १०० दिने कार्यावधिको समिक्षा कार्यक्रम मिति २०७९/०५/१६ गतेका दिन सम्पन्न


नवनिर्वाचित मरिण सरकारले आफ्नो कार्यकालको आधार बर्षको रुपमा रहेको शुरुवाती १०० दिनमा गरेका उल्लेखनीय कार्यहरुः

१. तत्कालीन मरिण सरकारको अन्तिम कार्यकालको अपनत्व ग्रहण गर्दै प्रतिकूल समयको बाबजुत समन्वयात्मक, सहकार्यमूलक एवं सुधारात्मक ढंगबाट सफलतापूर्वक आ.व. ०७८।७९ सम्पन्न,

२. संविधानमा तोकिएको समय सीमा भन्दा अगाडि नै गाउँपालिकाको आ.व. ०७९।८० को बार्षिक नीति, कार्यक्रम तथा बजेट गाउँ सभामा प्रस्तुत एवं पारित,

३. सुत्केरी हुँदाको बखत गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यको शुरुवात,

४. तुलनात्मक रुपमा जनताको दैनिकी, जनजिविका, जनतालाई प्रत्यक्ष राहत पुग्ने हेतुले जनभावनाको उच्च सम्मान गर्दै सोको संवोधन गर्न आ.व. ०७९।८० को बार्षिक नीति, कार्यक्रम तथा तथा बजेट निर्माण,

५. वडा कार्यालय एवं टोल-टोलमा गई बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको शुरुवात,
६. रु. ३ लाख सम्मको बजेट एवं लागत अनुमान गरिएका योजना तथा कार्यक्रमहरु वडा कार्यालय बाट नै सम्झौता गर्ने कार्यको शुरुवात,

७. आ.व. ०७९।८० को शुरुवाती महिना श्रावण महिनालाई आधार महिनाको रुपमा लिई मागमा आधारित क्षमता अभिवृद्धि तालिम संचालन एवं कार्ययोजना निर्माण,

८. मरिण सरकारको पहिलो प्राथमिकता नागरिकको सम्मान र छिटो, छरितो एवं गुणस्तरीय सेवा प्रवाह भन्ने मूल ध्येयलाई कार्यान्वयन गर्न चुस्त सेवा प्रवाह तथा प्रशासनिक सुधारलाई उच्च प्राथमिकता,

९. आ.व. ०७९।८० को बार्षिक नीति, कार्यक्रम तथा बजेटलाई सुव्यवस्थित, विधिसम्मत ढंगबाट कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड निर्माण एवं संशोधन,

१०. लैंगिक समानताका लागि मरिण गाउँपालिका अन्तर्गतका छोरी जन्माउने सुत्केरीलाई रु.५ हजार पोषण भत्ता दिने कार्यको शुरुवात,

११. संस्थात गर्भवती, सुत्केरी प्रोत्साहनका लागि गर्भवती जाँच यातायात खर्च बापत रु. २ हजार दिने कार्यको शुरुवात,

१२. वृहत् मरिण वृक्षारोपण कार्यक्रम सञ्चालन,

१३. मरिणका सम्पूर्ण वडाहरुमा वैकल्पिक व्यवस्था सहितको उर्जा एवं विद्युत आपूर्तिको व्यवस्था,

१४. सार्वजनिक प्रशासनलाई उत्तरदायी, जवाफदेही एवं नागरिकमैत्री बनाउन गाउँ कार्यपालिकाको कार्यालयमा जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति एवं नागरिक सहायता कक्षको स्थापना,

१५. स्थानीय तहमा हुने गरेका बेरुजुलाई न्यूनीकरण गर्दै शून्य बेरुजु बनाउन बेरुजु फर्छ्यौट सम्बन्धी कार्यदल निर्माण एवं कार्य प्रारम्भ,

१६. बार्षिक खरिद योजना निर्माण, स्वीकृति एवं सोको कार्यान्वयन आरम्भ,

१७. कृषि उपजको बजारीकरणलाई उच्च प्राथमिकता दिई कृषि एम्बुलेन्स खरिद गरी कृषि सहकारीलाई हस्तान्तरण,

१८. मा.वि. खयरशालका लागि विद्यालय बस खरिद गरी हस्तान्तरण,

१९. भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि लालपूर्जा प्रदान गर्न गाउँ कार्यपालिकाको कार्यालयमा सेवा केन्द्र स्थापना गरी कार्य प्रारम्भ,

२०. करिब रु. १८ करोड बराबरको मरिण वृहत् सामुदायिक खानेपानी तथा सरसफाई र ढल व्यवस्थापन आयोजनाको समन्वयात्मक एवं सहकार्यमूलक ढंगबाट कार्य आरम्भ (वडा नं. ०६ र ०७),

२१. १५ शैयाको मरिण आधारभूत अस्पतालको बजेट सुनिश्चितता गरी करिब रु.२५ करोड बराबरको ठेक्का प्रकृया आरम्भ,

२२. करिब रु.२ करोड २० लाख रकम बराबरको पशुपंक्षी प्रवर्द्धन वृहत् साझेदारी कार्यक्रमको सम्झौता गरी कार्य आरम्भ,

२३. करिब रु. १ करोड ६० लाख बराबरको नेपाल स्वास्थ्यको लागि पानी (नेवा) कार्यक्रमको सम्झौता गरी कार्य आरम्भ,

२४. नवप्रवर्तन साझेदारी कोष अन्तर्गत उन्नत जातको भैंसी तथा बंगुर पालन कार्यक्रम कार्यान्वयानार्थ भैंसी तथा वंगुर आपूर्तिका लागि करिब रु.१ करोड ७० लाख बराबरको ठेक्का आह्वान,

२५. करको दर घटाई दायरा बढाउने कार्यको आरम्भ,

२६. गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शिक्षक दरबन्दी बैज्ञानिक ढंगबाट मिलान गर्न एवं गुणस्तर सुधारका लागि सुझाव संकलन गर्न कार्यदल निर्माण गरी कार्य आरम्भ,

२७. कक्षा १-८ सम्मको स्थानीय पठ्यक्रम निर्माण गरी विद्यालयहरुमा लागू,

२८. मरिण बस पार्क निर्माण र मरिण कृषि केन्द्र स्थापनाका लागि जग्गा प्राप्तिको प्रकृया अगाडि बढाईएको,

२९. स्थानीय दररेट स्वीकृत गरी कार्यक्रम तथा बजेटको द्रुत गतिमा कार्यान्वयन गर्न सम्पूर्ण संयन्त्रहरुको परिचालन आरम्भ,

३०. सञ्चार, समन्वय र सहकार्यको संस्कृतिलाई प्रमुखताका साथ प्राथमिकता दिई अगाडि बढाईएको,

३१. अन्य विविध कार्यहरु ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.