५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मरिण गाउँपालिकाले आयोजित विद्यालयमा सूचना प्रविधि हस्तान्तरण एवं युवा तथा खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरी नवनिर्वाचित युवा तथा खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश माननीय राजन दाहालज्यू, अध्यक्षता गाउँपालिकाका आदरणीय अध्यक्ष श्री विमर्स मुक्तानज्यू, अतिथि गाउँपालिका उपाध्यक्ष श्री विमला माझीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री ओम बहादुर दर्जीज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।
मरिण गाउँपालिकाले युवाहरुको खेलकुदमा भएको लगाबलाई मध्ये नजर गर्दै मरिणको खेलाडीको राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा सम्म विकाउन यो खेलकुद क्षेत्रलाई विषेश प्राथामिकता दिने भएको छ।
0 Comments