Header Ads Widget

ticker

6/recent/ticker-posts

Marin Rural Municipality has distributed subsistence allowance to single men || Single Male Subsistence Allowance

 

सिन्धुलीको मरिण गाउँपालिकाले एकल पुरुषहरुलाई निर्वाह भत्ता वितरण गरेको छ।


आज मिति २०७९/१२/०९ गतेका दिन मरिण गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा आयोजित कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले गाउँपालिकाका ८८ जना एकल पुरुषलाई मासिक २ हजारका दरले तिन महिनाको ६ हजार रुपैयाँ वितरण गर्नुभएको हो ।

गाउँसभाबाट स्वीकृत आर्थिक बर्ष २०७१।०८० को निति तथा कार्यक्रम अनुसार अहिले सम्म अविवाहित रहेका, श्रीमतीको मृत्यु भएका वा अन्यत्रै विवाह गरी एकल भएका पुरुषहरुलाई सामाजिक सुरक्षाको रुपमा निर्वाह भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।

संघिय सरकार र प्रदेश सरकारले समेट्न नसेकका एकल पुरुषहरुको सहज जीवनयापनका लागि कार्यविधि नै बनाएर भत्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।

कार्यविधि अनुसार दलितको हकमा ५० बर्ष पुरा गरेको तर ६० नपुगेका, अविवाहितको हकमा ४५ बर्ष पुरा गरेका तर ६८ बर्ष नपुगेका र अन्य समुदायको हकमा ५० बर्ष पुरा गरेका तर ६८ बर्ष नपुगेका एकल पुरुषहरुलाई निर्वाह भत्ता वितरण गरिएको अधिकृत दर्जीले बताउनुभयो ।

अध्यक्ष मोक्तानका अनुसार यो बर्षको माघ, फाल्गुन र चैत गरी तिन महिनाको निर्वाह भत्ता वितरण गरिएको छ । अब बैशाख पछि तिन तिन महिनामा बैंक खाता मार्फत भुक्तानी गरिने अध्यक्ष मोक्तानले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले आमा बुवा नभएका बालबालिकाहरुलाई पनि भत्ता वितरण गरेको छ । आमा बुवा नभएका ४६ बालबालिकाहरुलाई जनही १३,०४३ (अक्षरेपी तेह्र हजार तिर्चालिस रुपैयाँ) का दरले भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।

साथै आफ्नो अमुल्य मन्तव्य राख्नुहुदै गाउँपालिकाका आदरणीय अध्यक्ष श्री विमर्स मुक्तानज्यू, उपाध्यक्ष श्री विमला माझीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री ओम बहादुर दर्जीज्यू साथमा वडाअध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु लगायत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments