मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा दुई ओटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य २ जना घाईते भएका छन् । मरिण गाउँपालिकाबाट हेटौडा तर्फ जादै गरेको प्रदेश २-०१३ प ३४४६ नम्बरको मोटरसाईकल र हेटौडाबाट मरिण तर्फ आउदै गरेको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो
दुर्घटनामा परी मकवानपुरको हेडौडा उपमहानगरपालिका ६ स्थायी घर भई मरिण गाउँपालिका -७ महेश्वता बस्ने १८ बर्षिया प्रनिस चौलागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दहालले जानकारी दिनुभयो ।
मृतक चौलागाईले चलाएको मोटरसाईकल दुर्घटना हुदाँ पूर्णरुपमा जलेको प्रहरी नायव उपरिक्षक दाहालले बताउनुभयो ।
दुर्घटनामा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ का अनिल राई गम्भिर घाईते भएका छन् भने अर्का घाईते सर्लाहीको बरथुवा नगरपालिका-३ को रोहन कुमार राईको अवस्था मध्यम रहेको प्रहरी नायव उपरिक्षक दहालले बताउनुभयो ।
गम्भिर घाईते अनिललाई उपचारका लागि सिन्धुली ल्याईएको बताईएको छ ।
0 Comments